Techie IT
Thursday, August 5,2021 / बुधबार, साउन २०, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाआज थप १७ सहित सिन्धुपाल्पाल्चोकमा कोरोना संक्रमितको संख्या २ सय ७७ पुग्यो

आज थप १७ सहित सिन्धुपाल्पाल्चोकमा कोरोना संक्रमितको संख्या २ सय ७७ पुग्यो


चौतारा । सिन्धुपाल्चोकमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप १७ जना कोरोना संक्रमितको पहिचान भएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए ।

आज चौताराका विभिन्न कार्यालयका कर्मचारीसहित ९ जना, बलेफि गाउँपालिकाका ४ जना र बाह्रबिसे नगरपालिकाका ४ जना गरी १७ जनाका कोरोना संक्रमण देखिएको हो । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी र लेखापाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

केही समयअघि जिल्ला प्रशासन कार्यालयका सहायक सिडियो पत्नीलाई कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरिएकामा आज उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यसैगरी तीन जना नेपाल प्रहरी र १ शसस्त्र प्रहरीमा पनि कोरोना देखिएको छ । यो सँगैं सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या २ सय ७७ पुगेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!