Techie IT
Tuesday, October 27,2020 / मंगलबार, कात्तिक ११, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकमा आज थप २० मा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ६० पुग्यो

सिन्धुपाल्चोकमा आज थप २० मा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ६० पुग्यो


चौतारा । सिन्धुपाल्चोकमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो जिल्लामा देखिएको अहिलेसम्मकै धेरै संक्रमितको संख्या हो । वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईका अनुसार आज जिल्लामा थप २० जना नयाँ संक्रमित पुष्टि भएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले आज सिन्धुपाल्चोकमा २५ जनामा संक्रमण पुष्टि भएको बताएपनि पाँच जना हिजो नै संक्रमण पुष्टि भइसकेका व्यक्तिहरु रहेको उनले बताए । योसँगैं जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ६० पुगेको छ । जनस्वास्थ्य अधिकृत चापागाईले कोरोना संक्रमितहरुलाई आ आफ्नै घरमा सुरक्षित रुपमा आइसोलेसनमा बस्न अनुरोध गरेका छन् ।

संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको पाँच दिनभित्र स्वाब संकलन गरिने हुँदा सबैलाई सुरक्षित रहन उनले आग्रह गरेका हुन् । स्वास्थ्य कार्यालय चौताराका कर्मचारी र अस्पतालमा उपचाररत बिरामीमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला अस्पतालमा आकस्मिक र कोभिड आइसोलेसन बाहेक सबै बन्द गरिएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस