Techie IT
Tuesday, May 11,2021 / मंगलबार, वैशाख २८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुमा कोरोना संक्रमितको संख्या २ सय ४० पुग्यो, मृतकको संख्या ७

सिन्धुमा कोरोना संक्रमितको संख्या २ सय ४० पुग्यो, मृतकको संख्या ७


चौतारा । सिन्धुपाल्चोक जिल्लामा कोरोना संक्रमित हुनेको संख्या २ सय ४० पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज सार्वजनिक गरेको तथ्याकं अनुसार जिल्लाका ६४ महिला र १ सय ७६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये जिल्लामा नै पीसीआर लिएर परीक्षण गरिएका २९ महिला र ६८ पुरुष छन् भने जिल्ला बाहिर कोरोना पोजेटिभ देखिएका ३५ महिला र १ सय ८ पुरुष छन् ।

स्थानीय तह अनुसार इन्द्रावती गाउँपालिकामा ३० जना संक्रमित, चौतारा साँगाचोकगढी नगरपालिकामा २८, जुगल गाउँपालिकामा ११, त्रिपुरासुन्दरी गाउापालिका ८, पाँचपोखरी थाङपालथापमा ३६ छन् । त्यस्तै बलेफिमा १२, बाह्रबिसेमा २२, भोटेकोसीमा १३, मेलम्ची ३०, लिसंखुपाखरमा १२, हेलम्बुमा ४ जना संक्रमित भएका छन् । त्यसैगरी अन्य जिल्लाका ९, भारतीय १ र स्थानीय तह नखुलेका ११ जना छन् ।

हालसम्म कोरोना संक्रमण भएर निको भएका १ सय ४० जना छन् भने ९३ जना विभिन्न अस्पतालमा उपचाररत छन् । आज मात्रै १४ जना कोरोना जितेर घर फर्केको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी जिल्लामा कोरोनाका कारण ७ जनाको मृत्यु भएको छ । दुई जना महिला र ५ जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । स्थानीय तह अनुसार कोरोनाबाट मृत्यु हुनेमा इन्द्रावतीका १, जुगलका १, पाँचपोखरीका १, बाह्रबिसेका २, भोटेकोसीका १ र मेलम्चीका १ जना छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस