Techie IT
Friday, December 4,2020 / शुक्रबार, मंसीर १९, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाजुगलका अध्यक्ष होमनारायणलाई कोरोना पुष्टि

जुगलका अध्यक्ष होमनारायणलाई कोरोना पुष्टि


चौतारा । जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना पोजेटिभ भएको छ । आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै अध्यक्ष श्रेष्ठले आफूलाई कोरोना पोजेटिभ भएको बताएका छन् ।

उनले लेखेका छन्, `अघिल्लो हप्ता भारतीय दुतावासबाट हस्तान्तरित एम्बुलेन्स लिने प्रक्रियाका लागि एक हप्ता अघि काठमाडौं उपत्यकामै थिए । अस्ति देखि ज्यान दुख्ने र हल्का ज्वरो आउन थालेपछि हिजो स्वाब परीक्षण गरिएकोमा आज कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।` उनले लेखेका छन्, अहिले म होम आइसोलेसनमा बसिरहेको छु र म स्वस्थ छु ।

सिन्धुपाल्चोकमा हालसम्म २ सय ८ जनालाई कोरोना संक्रमण भएको छ भने १ सय २१ जना निको भएर डिस्चार्ज भएका छन् । जिल्लामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस