गृहपृष्ठ ∕ स्वास्थ्य/शिक्षा ∕ भोटेकोसीले गर्यो सुत्केरीको हेलिकप्टरबाट उद्धार भोटेकोसीले गर्यो सुत्केरीको हेलिकप्टरबाट उद्धार सिन्धु खबर असोज २०, २०७७ गते १९:२१ मा प्रकाशित बाह्रबिसे । भोटेकोसी गाउँपालिकाले सुत्केरी महिलाको हेरिेलकप्टरबाट उद्धार गरेको छ । भोटेकोसी १ बगाम निवासी ३८ वर्षीया दालामु शेर्पाको सुत्केरी भएर अत्यधिक रक्तश्राव भएपछि गाउँपालिकाले आज आफ्नै खर्चमा उद्धार गरेको हो । सोमबार सुत्केरी भएकी शेर्पाको रक्तश्राव नरोकिएकाले जीवन रक्षार्थ तत्काल उद्धार गर्नुपर्ने देखिएपछि उनको उद्धार गरिएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राज कुमार पौडेलले जानकारी दिए । शेर्पाले सोमबार बगामको चौरी गोठमा बच्चालाई जन्म दिएकी थिइन् । बच्चा जन्मेपछि पनि रक्तश्राव नरोकिएपछि स्थानीयले स्वास्थ्यकर्मीलाई खबर गरेका थिए । दुई घण्टा हिडेर स्वास्थ्यकर्मी पुगेर सुत्केरीको अवस्था निकै जटिल देखेपछि गाउँपालिकामा खबर गरेका थिए । तत्काल सुत्केरीको उद्धार नगरे दुर्घटना हुन सक्ने भनेपछि कैलाश एयरको हेलिकप्टरमार्फत भोटेकोसीले सुत्केरीको उद्धार गरेको हो । सुत्केरीको दिउँसो दुईबजे उद्धार गरी थापाथली अस्पताल पठाइएको अध्यक्ष पौडेलले जानकारी दिए । अहिले बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अध्यक्ष पौडेलले बताए । क्याटेगोरी : स्वास्थ्य/शिक्षा ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार “पत्रु खाना खुवाएर अभिभावकले जानी जानी बच्चाको स्वास्थ्य बिगारे” स्वास्थ्यमा समायोजनले स्थायी कर्मचारीको अभाव भूकम्पले ढालेको सिपापोखरेको राजेश्वरी मावि ठडियो जनसुधार आधारभूत विद्यालय अब भव्य भवनमा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै