Techie IT
Sunday, October 25,2020 / आईतबार, कात्तिक ९, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षालिसंखुपाखर गाउँपालिका एक हप्ताका लागि बन्द

लिसंखुपाखर गाउँपालिका एक हप्ताका लागि बन्द


खाडिचौर । लिसंखुपाखर गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण देखिएपछि गाउँपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको छ । आज एक सूचना निकाल्दै गाउँपालिकाले असोज २२ सम्म सम्पूर्ण वडा कार्यालय, अतरपुर स्वास्थ्य चौकी, लिसंखुपाखर गाउँकार्यपालिका बन्द गरी सेवाहरु बन्द गरिएको जानकारी दिएको हो ।

यसैगरी गाउँपालिका भित्र भर्चुुअल माधयमबाट सञ्चालित विद्यालयबाहेक अन्य सबै विद्यालयको पठनपाठन समेत बन्द गरिएको सूचनामा भनिएको छ । मंगलबार स्वास्थ्य चौकीमा कार्यरत ल्याव टेक्निसियनमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकामा कार्यरत कर्मचारी र स्थानीय २४ जनाको कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब संकलन गरी पठाइएको थियो । आज आएको रिपोर्टमा तीन कर्मचारी, एक सवारी चालक, एक जनप्रतिनिधि र दुई स्थानीयमा कोरानो संक्रमण देखिएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस