Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षालिसंखुपाखरका तीन कर्मचारीसहित सातमा कोरोना पुष्टि, जिल्लाभर संक्रमितको संख्या १ सय ७८ पुग्यो

लिसंखुपाखरका तीन कर्मचारीसहित सातमा कोरोना पुष्टि, जिल्लाभर संक्रमितको संख्या १ सय ७८ पुग्यो


खाडिचौर । लिसंखुपाखर गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण देखिएको छ । एक जनप्रतिनिधि, तीनजना कर्मचारी, एक सवारी चालक र दुईजना स्थानीयलाई कोरोना संक्रमण देखिएको हो । मंगलबार विदेशबाट आएका २ सहित वडा नम्बर ४ का ल्याव टेक्निसियन र भान्छेको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा स्वास्थ्यचौकीका ल्याव टेक्निसियनमा कोरोना संक्रमण देखिएको थियो । ल्याव टेक्निसियन गाउँपालिका कार्यालय आउने जाने भइरहने हुँदा सोही आधारमा २४ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा आज सात जनामा कोरोना संक्रमण देखिएको गाउँपालिका अध्यक्ष कमल नेपालले जानकारी दिए ।

संक्रमितहरुलाई जिल्ला अस्पताल चौतारामा रहेको आइसोलेसनमा पठाउने तयारी भैरहेको अध्यक्ष नेपालले बताए । एउटा एम्बुलेन्स र गाडीमा संक्रमितलाई चौतारा पठाउने उनले बताए । ल्याव टेक्निसियन विगत २०/२२ दिनदेखि कतै नगएकाले कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको हुन सक्ने आशंका गरिएको छ । अध्यक्ष नेपालका अनुसार अबको केही दिनमा नै प्रभावित सबैको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गर्न स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईसँग सल्लाह भैरहेको उनले जानकारी दिए ।

लिसंखुपाखरमा भोलिबाट नै कन्ट्याक्ट ट्रेसिङको काम सुरु हुने र पाँच दिनपछि स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत चाँपागाईले बताए । लिसंखुपाखरमा देखिएका थप सात, बलेफि गाउँपालिका मांखा र चौतारा नगरपालिका ५ मा देखिएका दुईसहित जिल्लाभर कोरोना संक्रमितको संख्या जिल्लामा १ सय ७८ पुगेको जनस्वास्थ्य अधिकृत चाँपागाईले जानकारी दिए । जिल्लामा कोरोना निको भएर १ सय २० जना घर फर्किएका छन् भने पाँच जनाको संक्रमणका कारण मृत्यु भएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस