गृहपृष्ठ ∕ स्वास्थ्य/शिक्षा ∕ संविधान दिवसमा ईन्द्रावतीमा निबन्ध प्रतियोगिता, महेन्द्र माविकी अञ्जना प्रथम संविधान दिवसमा ईन्द्रावतीमा निबन्ध प्रतियोगिता, महेन्द्र माविकी अञ्जना प्रथम सिन्धु खबर असोज ३, २०७७ गते २१:२८ मा प्रकाशित इन्द्रावती । संविधान दिवसको अवसरमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले गाउँपालिका माविस्तरीय निबन्ध प्रतियोगिता कार्यक्रम गरेको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली स्थापित गर्ने नेपालको संविधान २०७२ निर्माण भएको छैठौँ वर्षको अवसरमा गाउँपालिकाले आज “विद्यालय शिक्षामा कोभिड -१९ को प्रभाव” बिषयक निबन्ध प्रतियोगिताकाे आयोजना गरेको हो । गाउँपालिका भित्रका विभिन्न विद्यालयका कक्षा ८ देखी १२ सम्मका इच्छुक विद्याथीहरु प्रतियोगितामा सहभागी भएका थिए । सहभागीहरुले विश्वब्यापी रुपमा फैलिएको कोभिड- १९ संक्रमणका कारण विद्यालय स्तरको पठनपाठन ठप्प भएको अवस्थामा विद्यालय शिक्षामा आधुनिक सुचना प्रबिधिको प्रयोग गरी बैकल्पिक माध्यमको माध्यमबाट पठनपाठन गराउन सकिने तथ्य बिद्यार्थीहरुले निबन्ध मार्फत खुलेर प्रष्ट पारेका थिए। विद्यार्थीहरुलाई समाजिक दुरी तथा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ प्रतियोगितामा समाबेश गराइएको थियो । गाउँपालिकाका बिभिन्न विद्यालयहरुबाट जम्मा ८ जना विद्यार्थीहरु सहभागी भएक थिए । प्रतियोगितामा महेन्द्रमाविकी छात्रा अञ्जना सुनार प्रथम, चण्डेश्वरी माविकी वेली लम्साल दोस्रो, राजेश्वरी माविकी सोफिया कुवरले तेस्रो र नवलपुर माविकी सोनीया तामाङले सान्त्वना स्थान हासिल गरिन् । निबन्ध प्रतियोगितामा प्रथम , दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्नेलाई गाउँपालिका अध्यक्ष बंशलाल तामाङले पुरस्कारले सम्मान गरेका थिए। क्याटेगोरी : स्वास्थ्य/शिक्षा ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तातोपानीमा फागुन २२ गते निशुल्क स्वास्थ्य शिविर गरिने ईन्द्रावतीमा तीन दिने स्वास्थ्य शिविर सुरू प्राविधिक शिक्षा पढ्ने इन्द्रावतीका सात विद्यार्थीलाई जनही ५० हजार सहयोग सिन्धुपाल्चोकमा २२ स्वास्थ्य संस्था पुनर्निर्माण गर्न सम्झौता धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे