Techie IT
Sunday, October 25,2020 / आईतबार, कात्तिक ९, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षास्वास्थ्य कार्यालय प्रमुख चापागाई प्रबल जनसेवा श्री बाट विभूषित

स्वास्थ्य कार्यालय प्रमुख चापागाई प्रबल जनसेवा श्री बाट विभूषित


चौतारा । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएका छन् । उनी संविधान दिवसको अवसरमा आज राष्ट्रपतिबाट प्रबल जनसेवा श्री बाट विभूषित भएका हुन् ।

२०७६ साउन २९ गते सिन्धुपाल्चोक आएर स्वास्थ्य कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका चापागाईले कोरोना संक्रमणको यो समयमा जिल्लामा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । चापागाई २०५१ चैतमा जागिर जीवनमा प्रवेश गरेका थिए ।

यो पदक नेपाल राजपत्राङ्कित द्धितीय एंव तृतीय श्रेणी वा सो सरहका राष्ट्रसेवक कर्मचारीहरुलाई प्रदान गरिनेछ । देशभरबाट यो पदकबाट विभुषित हुने ७५ जना छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस