Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाधुस्कुनमा प्लस टु सम्मको शिक्षा निशुल्क

धुस्कुनमा प्लस टु सम्मको शिक्षा निशुल्क


बाह्रबिसे । त्रिपुरासुन्दरी गाउँपालिका ३ धुस्कुनले यसै वर्षबाट प्लस टु सम्मको शिक्षालाई निशुल्क बनाएको छ । महेन्द्रप्रताप माविले यसै बर्ष बाट प्लस टु सम्मको शिक्षा लाई निशुल्क बनाएको वडाध्यक्ष शुकदेव रिसालले जानकारी दिए । प्लस टु सम्मको शिक्षालाइ सरकारले विद्यालय तहकै शिक्षा बनएसँगै धुस्कुनले प्लस टु सम्मको शिक्षा निशुल्क बनाएको बताइन्छ ।

यस्तै धुस्कुनको महेन्द्रप्रताप माविले नै सुनकोसी मा कृषि प्राबिधिक बिद्यालयमा पनि भर्ना खुलाएको छ । प्राबिधिक बिद्यालयमा बाली बिज्ञान अध्ययन गर्न आउने बिध्यार्थी लाई सैद्धान्तिक ज्ञान भन्दा ब्यबहारिक ज्ञानमा बढी जोड दिइनेछ । १८ महिनामा बिध्यार्थीलाई एक कुशल कृषि ब्यबसायी, कुशल कृषि प्राबिधिक, लगनशील व्यक्ति बनाउन बिद्यालयले आफ्नै लगानीमा कृषि उपज उत्पादन तथा बजारिकण गर्ने जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!