आईतबार, मंसीर १२, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षाभोटेकोसीमा गाउँघर क्लिनिक र वर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक उपकरण हस्तान्तरण

भोटेकोसीमा गाउँघर क्लिनिक र वर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक उपकरण हस्तान्तरण


चौतारा । भोटेकोसी गाउँपालिकालाई गाउँघर क्लिनिक र वर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक उपकरण उपलब्ध गराइएको छ । जीएसकेको आर्थिक सहयोगमा टुकी सुनकोशी तथा केयर नेपालको साझेदारीमा मातृ तथा नवशिशु बाल स्वास्थ्य सुदृढीकरण सम्मान परियोजना बाट भोेटेकोशी गाउँपालिकामा गाउँघर क्लिनिक र वर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको हो ।

टुकीसंघका प्रतिनिधिले गाउँपालिका अध्यक्ष राज कुमार पौडेल, उपप्रमुख दाबुटी शेर्पा र प्रशासकीय अधिकृत मोहन निरौलालाई क्लिनक सञ्चालनका लागि आवशयक पर्ने उपकरण हस्तान्तरण गरेका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #side

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!