Techie IT
Thursday, June 24,2021 / बुधबार, असार ९, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाशिक्षकलाई प्रविधिमैत्री तालिम

शिक्षकलाई प्रविधिमैत्री तालिम


चौतारा । प्रविधिमैत्री शिक्षक समाज नेपाल सिन्धुपाल्चोकले एक्काईस दिने शिक्षकहरुलाइ लक्षित तालिम सम्पन्न गरेको छ । `हामी तयार छौ बालबालिका उत्सुक छन, प्रविधिमैत्री कक्षा कोठा आजको आवश्यकता` भन्ने मुल नारा लिइ करिब साढे चार सय सिन्धुपाल्चोक लगायत देशभरका शिक्षक तालिम बाट लाभान्वित भएका छन् । भाद्र ११ गते बाट शुरु भएको पेडागोजी बेस अनलाइन आइसिटी ओर्कसप हरेक दिन बेलुकी ८ देखि १० बजे सम्म भएको थियो ।

लकडाउनको समयमा सीप सिकाएर प्रबिधिमा सक्षम बनाएकोमा सहभागीहरुले खुसी व्यक्त गरेका छन् । सहभागी शिक्षक सुनिल भण्डारीले तालिम जीवन उपयोगी र ब्याबहारिक भएको बताए।

कक्षा कोठामा प्रयोग गरिने देखि प्रशासनिक काम गर्न सहज हुने गरि सहजकर्ता राजन प्रसाद न्यौपानेले माइक्रो सफ्ट ओर्ड, सहजकर्ता तथा सिन्धुपाल्चोक प्रसिस अध्यक्ष कृष्ण प्रसाद ढुंगानाले गुगल डक्स, चिरञ्जीवी नेपाल र बुद्धिबहादुर खड्काले माइक्रोसफ्ट पावरपोइन्ट, डा बासुदेब सुबेदिले शिक्षक नेतृत्व क्षमता, जिल्ला सचीव इन्द्र तामाङले माइक्रोसफ्ट् एक्सल, रबिना महर्जनले मोबाइल एप, प्रभात सुबेदिले अडियो इडिटिङ, संबिधान लामिछानेले एजुकेशन वेबसाईट ,केन्द्रिय सचिब हरिहर दाहालले भिडियो इडिटिङ, जिल्ला उपाध्यक्ष दोय लेखनाथ भट्टराई र सरिता काफ्लेले गुगल टुल्स शिक्षा सम्बन्धि बिषयमा सहजीकरण गरेका थिए।

अबदेखी हुने सिकाइ सहजीकरणमा तालिमपछि धेरै सहज हुने आशा प्रविधि मैत्री शिक्षक समाज सिन्धुपाल्चोक ले गरेको छ । हिजो सम्पन्न उक्त ओर्कसपको समापन शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक डा तुलसी प्रसाद थपलिया, प्रमुख अतिथि प्रसिस नेपालका केन्द्रिय अध्यक्ष भुपती बस्याल, बिशिस्ट अतिथी थिए भने दिनहु सिन्धुपाल्चोक का स्थानीय सरकार प्रमुखलाई प्रमुख समेत निमन्त्रणा गरिएको थियो।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!