गृहपृष्ठ ∕ स्वास्थ्य/शिक्षा ∕ अत्यधिक रक्तश्राव पछि हेलम्बुकी सुत्केरीको हेलिकप्टरबाट उद्धार अत्यधिक रक्तश्राव पछि हेलम्बुकी सुत्केरीको हेलिकप्टरबाट उद्धार सिन्धु खबर भदौ २८, २०७७ गते १९:१८ मा प्रकाशित हेलम्बु । हेलम्बु गाउँपालिकाले सुत्केरीको हेलिकप्टरबाट उद्धार गरेको छ । वडा नम्बर १ स्थायी घर भएकी पेमा लामाले शिशुलाई जन्म दिएपछि अत्यधिक रक्तश्राव भएकाले हेलिकप्टरबाट उद्धार गरिएको हो । उनले आज दिउँसो साढे २ बजे हेलम्बु ७ इचोक स्वास्थ्य चौकीमा मृत शिशुलाई जन्म दिएकी थिइन् । शिशुको जन्मपछि पनि लामाको निरन्तर रक्तश्राव भएकाले एम्बुलेन्सबाट उपचारका लागि काठमाडौं लाँदा लामो समय लाग्ने र आमाको ज्यान जान सक्ने हुँदा हेलिकप्टरबाट उद्धार गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । मनाङ एयरको हेलिकप्टरबाट उनको अहिले साँझ ५ बजेतिर उद्धार गरिएको हो । उनलाई शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अध्यक्ष शेर्पाले बताए । क्याटेगोरी : स्वास्थ्य/शिक्षा ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षक संगठनको मेलम्ची नगर अध्यक्षमा भट्टराई सात महिनाको तलब नदिई मेसेन्जरबाट जागिर गएको खबर चार महिनापछि बेपत्ता पुजनको मोटरसाइकल र जुत्ता भोटेकोशी किनारमा भेटियो तातोपानीमा फागुन २२ गते निशुल्क स्वास्थ्य शिविर गरिने धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम