Techie IT
Saturday, January 23,2021 / शनिबार, माघ १०, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकका १ सय २३ जनामा कोरोना संक्रमण, ९२ जना निको भए

सिन्धुपाल्चोकका १ सय २३ जनामा कोरोना संक्रमण, ९२ जना निको भए


बाह्रबिसे । त्रिपुरासुन्दरी गाउँपालिकाका एक युवामा कोरोना संक्रमित पुष्टि भएको छ । वडा न ६ का २२ वर्षका युवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यलय चौताराले पुष्टि गरेको छ ।

काठमाडौंमा रङ लगाउने काम गर्ने उनी २० दिन अघि टेकानपुर घर आएका थिए । उनलाई चौतार अस्पतालमा रहेको आइसोलेसनमा राखिएको छ ।

योसँगैं सिन्धुपाल्चोकका १ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । ९२ जना कोरोनालाई जितेर घर फर्केका छन् भने २७ जना उपचाररत छन् । ४ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस