Techie IT
Friday, October 30,2020 / बिहीबार, कात्तिक १३, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षालिदी पहिरोमा अभिभावक गुमाएका बालबालिका एसओएसकाे जिम्मामा

लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिका एसओएसकाे जिम्मामा


चाैैैैतारा । जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि आजदेखि एसओएस बालग्राम काभ्रे पुगेका छन् । त्यहाँ उनीहरुको पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षा लगायतका सबै सुविधा सहित बस्नेछन् ।

सभामुख अग्नि प्रसाद सापकोटाकाे आग्रहमा एसओएस बालग्राम पनौतीका निर्देशक सुरेन्द्र अमगाईं सहितको टोली भदौ १६ जिल्लाको बाँसखर्क पुगेर वडा अध्यक्ष लामासँग समन्वय गरी बालबालिकालाई एसओएस बालग्राम ल्याउन आवश्यक प्रक्रिया थालेको थियो । सबै प्रक्रिया पुरा भएपछि आज सात बालबालिकालाई पनौती स्थित बालग्राममा ल्याइएको निर्देशक अमगाईंले जानकारी दिए।

पहिरोमा अभिभावक गुमाएका पाँच देखि बाह्र बर्ष उमेरका उनीहरुलाई काभ्रेको पनौतीस्थित एसओएस बालग्रामका अधिकारीहरुसँग पठाइएको जुगल २ का वडाध्यक्ष प्रताप लामाले जानकारी दिए । लामाका अनुसार बालग्राम पठाइएकाहरुमा छ जना बालक र एक बालिका छन् ।

पहिरोबाट विस्थापित भएर जुगल गाउँपालिका वडा नं १ बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका उनीहरुको सरोकारवाला कार्यालयहरुबाट आवश्यक काजगपत्र तयार गरी पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको थियो । सबैको नतिजा नेगेटिभ आएपछि बालबालिकालाई एसओएस बालग्राम पनौतिका निर्देशक अमगाईं, विनोदमणी भट्टराई लगायतका टोलीसँग पठाइएको अध्यक्ष लामाले बताए।

गत साउन ३० गते विहान लिदीमा गएको भीषण पहिरोमा अभिभावक गुमाएका १२ बालबालिका मध्ये १२ बर्ष माथिका ५ बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षक मार्फत सहयोग गरिने एसओएस बालग्राम पनौतिका निर्देशक अमगाईले जानकारी दिए ।

जुगल गाउँपालिका वडा नं २ को लिदी पहिरोले ३७ घर पुरिंदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यबस्था मिलाइएको छ । विस्थापितहरुको स्थायी बसोबासका लागि पहल भइरहेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस