गृहपृष्ठ ∕ स्वास्थ्य/शिक्षा ∕ स्वास्थ्यमा समस्या देखिएपछि हेलम्बुले गर्यो हेलिकप्टरबाट शिशुको उद्धार स्वास्थ्यमा समस्या देखिएपछि हेलम्बुले गर्यो हेलिकप्टरबाट शिशुको उद्धार सिन्धु खबर भदौ २१, २०७७ गते १५:५३ मा प्रकाशित हेलम्बु । हेलम्बु गाउँपालिका इचोकको वर्थिङ सेन्टरमा जन्मिएको शिशुमा श्वासप्रश्वासमा समस्या देखिएपछि तत्काल काठमाडौं पठाइएको छ । हेलम्बु १ की फुर्वा डोल्मा शेर्पाको नवजात शिशुमा श्वासप्रश्वासमा समस्या देखिएपछि गाउँपालिकाले हेलिकप्टर बोलाएर बच्चालाई काठमाडौं पठाएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । फुर्वालाई लामो समय सम्म व्यथा लागेर बच्चा जन्मिएकाले बच्चामा श्वासप्रश्वासको समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । बिहान ९ बजेर ५ मिनेट जाँदा फूर्वाले बच्चालाई जन्म दिएकी थिइन् । `बच्चा जन्मिएपछि श्वासप्रश्वासमै समस्या देखियो अध्यक्ष शेर्पाले भने, तत्काल हेलिकप्टर बोलाएर काठमाडौंको कान्ति बाल अस्पताल पठायौं ।` विकट ठाउँमा गर्भवती हुन नसकेकाहरुको सरकारले निशुल्क उद्धार गरी अस्पताल पुर्याउने गरेको छ । तर बच्चाको उद्धार भने नगर्ने भएकाले गाउँपालिकाले आफ्नै खर्चमा कैलाश हेलिकप्टरबाट बच्चाको उद्धार गरेको हो । अहिले बच्चाको स्वास्थ्यमा सुधार आएको पनि उनले जानकारी दिए । इचोकमा यो आर्थिक वर्षमा मात्रै २६ बच्चा जन्मिसकेका छन् । इचोक वर्थिङ सेन्टर सिन्धुपाल्चोकको विकट ठाउँमा रहेको सुविधा सम्पन्न वर्थिङ सेन्टर हो । क्याटेगोरी : स्वास्थ्य/शिक्षा ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तातोपानीमा फागुन २२ गते निशुल्क स्वास्थ्य शिविर गरिने ईन्द्रावतीमा तीन दिने स्वास्थ्य शिविर सुरू प्राविधिक शिक्षा पढ्ने इन्द्रावतीका सात विद्यार्थीलाई जनही ५० हजार सहयोग सिन्धुपाल्चोकमा २२ स्वास्थ्य संस्था पुनर्निर्माण गर्न सम्झौता धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे