Techie IT
Tuesday, May 11,2021 / सोमबार, वैशाख २७, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षानेविसंघले गर्‍योे विद्यार्थीको कोरोना बिमा

नेविसंघले गर्‍योे विद्यार्थीको कोरोना बिमा


चौतारा । कोरोनाको संक्रमण बढेसँगै नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकले विद्यार्थीहरुको कोरोना बिमाको सुरुवात गरेको छ ।

नेबिसंघले जिल्लका १ सय ३० विद्यार्थीहरुको सामुहिक रूपमा कोरोना बिमा गरेको नेबिसंघ सिन्धुपाल्चोकका अध्यक्ष दावा लामाले बताए । सुरुवातमा १३० जना विद्यार्थीको कोरोना आवधिक बिमा गरिएको भएतापनी यो निरन्तर रूपमा अघि बढाउने लामाले बताए ।

सामुहिक बिमाको अवधि आगामी चैत मसान्तसम्म हुनेछ । यदि बिमित व्यक्तिको कोरोना परिक्षणमा पिसिआर पोजेटिभ आएको खण्डमा बिमा कम्पनीले दुई लाख उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

नेबिसंघ सिन्धुपाल्चोकका अध्यक्ष दावा लामा, उपाध्यक्ष नवीन श्रेष्ठ, सहसचिव रमेश थापा, क्षेत्र नं २ सभापती दिपेश खनाल, नेताहरू दीपक नेपाल, सरोज न्यौपाने,लोकेन्द्र चालिसे लगायतको सक्रियतामा सुरु गरिएको विद्यार्थी बिमा कार्यक्रम निरन्तर रुपमा अघि बढाइने नेबिसंघ सिन्धुपाल्चोकले जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस