Techie IT
Tuesday, March 9,2021 / सोमबार, फागुन २४, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षालिदी पहिरोमा पुरिएका २५ को शव फेला १४ अझै वेपत्ता

लिदी पहिरोमा पुरिएका २५ को शव फेला १४ अझै वेपत्ता


चौतारा । जुगल २ लिदीमा गत शुक्रबार गएको पहिरोमा पुरिएका २५ जनाको शव फेला परेको छ । हिजो दुई जना र आज एक बालक सहित तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

८७ वर्षीय धनलक्ष्मी दोङ्ग, ७२ वर्षीय शिर माइ दोङ्गको मंगलबार र ४ वर्षीय समराट पूनको शव आज फेला परेको डीएसपी माधव काफ्लेले जानकारी दिए । यो सँगैं लिदी पहिरोमा पुरिएका २५ को शव फेला परेको छ भने अझै १४ जना वेपत्ता छन् ।

उनीहरुको खोजी कार्य शसस्त्र प्रहरी, नेपाल प्रहरी र सेनाले गरिरहेका छन् । भौगोलिक विकटताका कारण स्रोत र साधन पर्याप्त हुन नसक्दा उद्धारमा कठिनाइ भएको डीएसपी काफ्लेले बताए ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस