Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाएसईई नतिजा आज सार्वजनिक

एसईई नतिजा आज सार्वजनिक


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । आज बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि नतिजा प्रकाशित गरिएको हो ।

गत ६ चैतका लागि निर्धारित एसईई कोरोना (कोभिड–१९) का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको हो । विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए ।

जिल्ला समन्वय ईकाई मार्फत विद्यार्थीको मूल्यांकन बोर्डमा आइपुग्न ढिला हुनु तथा कोरोना संक्रमण बढेपछि बोर्डको बैठक बस्न नसकेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको हो । बोर्डका अनुसार ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थी सहभागी भएकोमा ४ लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!