गृहपृष्ठ ∕ स्वास्थ्य/शिक्षा ∕ धुलिखेल अस्पतालकाे आकस्मिक बाहेक सबै सेवा बन्द धुलिखेल अस्पतालकाे आकस्मिक बाहेक सबै सेवा बन्द सिन्धु खबर साउन २९, २०७७ गते २१:२४ मा प्रकाशित धुलिखेल । काभ्रेको धुलिखेलमा रहेको धुलिखेल सामुदायिक अस्पतालले आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएको हो । अस्पतालमा कार्यरत १ सय २० जना डाक्टर र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु एकान्तबास (क्वारेन्टाइन) मा बस्ने विज्ञप्तिमा जनाइएको छ । धुलिखेल अस्पतालमा उपचार भइरहेको ४ जना विरामी र १ जना उपचारमा संलग्न स्वास्थ्यकर्मी सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि डाक्टर र उपचारमा संलग्न स्वास्थ्यकर्मी एकान्तबासमा बस्नु परेको हो । हाल एकान्तबासम रहेका व्यक्तिहरुको नमुना संकलन गरि परिक्षण भइरहेहकोले सोको जानकारी सहित अस्पताल सेवा सूचारु सम्बन्धि अर्को सूचना श्रावण ३२ गते आइतबार प्रकाशन गर्ने विज्ञप्तिमा उल्लेख छ । क्याटेगोरी : स्वास्थ्य/शिक्षा ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षक संगठनको मेलम्ची नगर अध्यक्षमा भट्टराई सात महिनाको तलब नदिई मेसेन्जरबाट जागिर गएको खबर चार महिनापछि बेपत्ता पुजनको मोटरसाइकल र जुत्ता भोटेकोशी किनारमा भेटियो तातोपानीमा फागुन २२ गते निशुल्क स्वास्थ्य शिविर गरिने धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम