आईतबार, फागुन ४, २०८१
गृहपृष्ठस्वास्थ्य/शिक्षाअस्पतालले लापरवाही गरेकोमा आक्रोश, भोलिबाट कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिने

अस्पतालले लापरवाही गरेकोमा आक्रोश, भोलिबाट कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिने


चौतारा । मृत्यु भएको ५ दिनपछि कोरोना पोजेटिभ रिपोर्ट आएपछि बाह्बिसे ४ का मृतकका आफन्तले आक्रोश व्यक्त गरेका छन् । कोरोना परिक्षणका लागि स्वाब संकलन बारे समेत जानकारी नदिएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका हुन् ।

बाह्रबिसे ४ का ८४ वर्षीय पुरुष मृगौला सम्बन्धि समस्याका कारण साउन २१ गते मनमोहन कार्डियो भास्कुलर शिक्षण अस्पतालमा भर्ना भएका थिए । उपचारको क्रममा २२ गते राति उनको निधन भएको थियो ।

निधन भएपछि साउन २३ गते अस्पतालले स्वाब संकलन गरी त्रिवि शिक्षण अस्पतालमा परीक्षणका लागि पठाएको थियो । औपचारिक रुपमा आज साउन २७ गते उनमा कोरोना पाजेटिभ देखिएको रिपोर्ट आएको छ ।

मृत्यु भएको ५ दिनपछि उनमा कोरोना पोजेटिभ देखिएको रिपोर्ट आएको हो । अस्पताल स्रोतले भने रिपोर्ट आएपछि मात्रै शव लान भनेको उल्लेख गरेको छ ।

तर मृतकको परिवारले भने स्वाब संकलन गरेको बारे आफूलाई थाहा नभएको र अस्पतालले पनि केही जानकारी नदिएको उल्लेख गरेका छन् । त्यसैले शव सोही दिन गृहजिल्ला ल्याएर दाहसस्कार गरिएको थियो ।

दाहसस्कारका समयमा मानिसहरुको निकै नै उपस्थिति रहेको थियो । मृत्यु भएको निकै दिनपछि पिसिआर रिपोर्ट आएको भन्दै शिक्षण अस्पतालको लापरवाही बारे विरोध भएको छ ।

त्रिवि शिक्षण जस्तो सरकारी अस्पतालले नै कोरोना जस्तो संवेदनशील रोगको परीक्षणको रिपोर्ट ढिला दिनुले संक्रमणको जोखिम अझै बढाएको देखिन्छ । यसअघि पनि यस्ता लापरवाहीका धेरै घटना सार्वजनिक भएका थिए ।

यसैबीच बाह्रबिसे ४ का पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएसँगै भोलिबाट कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिने भएको छ ।

मंगलबार स्वास्थ्य कार्यलय अन्तर्गत दु्रत प्रतिकार्य टोलीको आकस्मिक बैठक बसी मृतकको सम्पर्कमा आएका व्यक्तिको खोजपड्तालको कार्य अघि बढाइसकेको स्वास्थ्य कार्यलयका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए ।

चापागाईका अनुसार सुरुमा शवलाई प्रत्यक्ष छोएका मानिसहरुको स्वाब संकलन गरिनेछ । शव काठमाडौंबाट बाह्रबिसे ल्याउँदा र त्यहाँ दाहसस्कारको समयमा प्रत्यक्ष छोएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संलन गरिनेछ ।

प्रत्यक्ष सम्पर्क भएका व्यक्हिरुमा कोरोना संक्रमण देखिए मात्रै अन्य व्यक्तिहरुको स्वाब संकलन गरिने चापागाइले बताए । शवबाट कोरोना संक्रमणको जोखिम निकै कम रहेको अध्ययनहरुले देखाएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!