Techie IT
Tuesday, May 11,2021 / सोमबार, वैशाख २७, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाबाह्रबिसेका ८४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

बाह्रबिसेका ८४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु


चौतारा । बाह्रबिसे पलातिका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बाह्रबिसे नगरपालिकाका ८४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आज जानकारी दिएको छ ।

यो सँगै सिन्धुपाल्चोकमा कोरोना संक्रमणका कारण मर्नेको संख्या ३ पुगेको छ । साउन २२ गते मनमोहन कार्डियोभास्कुल एन्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएका बाह्रबिसेका ८४ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पाइएको हो ।

उनको अन्त्यष्टि २३ गते बाह्रबिसेमा गरिएको थियो ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस