गृहपृष्ठ ∕ स्वास्थ्य/शिक्षा ∕ कोरोना संक्रमण बढेपछि प्रगतिको सिकाई सहजीकरण केन्द्र स्थगित कोरोना संक्रमण बढेपछि प्रगतिको सिकाई सहजीकरण केन्द्र स्थगित Sindhu Khabar साउन २६, २०७७ गते १५:५६ मा प्रकाशित मेलम्ची । पछिल्लो समय कोभिड १९ को संक्रमण जिल्लामा समेत बढ्न थालेपछि मेलम्चीस्थित प्रगति अंग्रेजी माध्यमिक विद्यालयले सिकाई सहजीकरण केन्द्र स्थगित गरेको छ । कोरोना संक्रमण फैलन नदिनका लागि मंगलबारबाट लागू हुने गरि केन्द्र केही समयका लागि स्थगित गरिएको हो । विद्यालयले विशेषगरी बालबालिकाको स्वास्थ्यको समस्यालाई मध्यनजर गर्दै सिकाइ सहजीकरण केन्द्र स्थगित गरेको छ । विद्यालयका प्रिन्सिपल ऋषि नेपालका अनुसार समाजमा कोरोना संक्रमण फैलन नदिनकै लागि नर्सरीदेखि कक्षा ५ सम्मको सिकाइ सहजीकरण क्रियाकलाप हाललाई स्थगित गरिएको हो । हाललाई फट्केश्वर, बाहुनेपाटी, ढकाल खहरे, धितालवेशीं, हेलम्बु बसपार्क, हेलम्बु बसपार्क (ख), आमा ह्याल्मो बसपार्क, माथिल्लो टार, तल्लो टार र काफ्ले खोलका केन्द्र स्थगित गरिएको हो । स्थितिको अनुकुलता सँगै सिकाइ केन्द्र पुन सञ्चालन गर्न सकिने उनले बताए । अहिलेका लागि घरमै गराउने वैकल्पिक सिकाइ क्रियाकलापका लागि केही दिनमै शिक्षकहरु विद्यार्थीको सम्पर्कमा हुनेछन् । क्याटेगोरी : स्वास्थ्य/शिक्षा ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ईन्द्रावतीमा तीन दिने स्वास्थ्य शिविर सुरू प्राविधिक शिक्षा पढ्ने इन्द्रावतीका सात विद्यार्थीलाई जनही ५० हजार सहयोग सिन्धुपाल्चोकमा २२ स्वास्थ्य संस्था पुनर्निर्माण गर्न सम्झौता इन्द्रेश्वरीले ४७ औं वार्षिकोत्सव भव्य रुपमा मनायाे धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे