नेकपा केन्द्रीय सदस्य सापकोटाको स्वास्थ्य अवस्था सामान्य

चौतारा । आइतबार हृदयघात भएर काठमाडौं लगिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एंव सिन्धुपाल्चोकका जिल्ला इन्चार्ज कृष्ण प्रसाद सापकोटाको स्वास्थ्य स्थित सामान्य रहेको छ । हृदयघातको सफल उपचारपछि उनको अवस्था सामान्य रहेको नेकपा केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए ।
उनको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचार भइरहेको छ । हिजो एक्कासि नौबिसेस्थित आफ्नै घरमा हृदयघात भएपछि उनलाई काठमाडौं लगिएको थियो । हिजो नै उनको अप्रेसन गरिएपछि स्वास्थ अवस्था सामान्य रहेको सापकोटाले बताए ।
अहिले उनलाई आइसीयूमा राखिएको छ । आइसीयूबाट ७२ घण्टा सीसीयूमा राखेपछि मात्रै उनलाई नर्मल बेडमा सारिने छ ।
क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस