गृहपृष्ठ ∕ स्वास्थ्य/शिक्षा ∕ चीनको न्यालमले सिन्धुपाल्चोकलाई स्वास्थ्य सामग्री दिने चीनको न्यालमले सिन्धुपाल्चोकलाई स्वास्थ्य सामग्री दिने सिन्धु खबर साउन २६, २०७७ गते १०:०३ मा प्रकाशित चौतारा । चीनको न्यालम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । न्यालमले आउँदो बिहीबार उक्त सामग्री सिन्धुपाल्चोक जिल्लालाई दिन लागेको हो । उक्त सामाग्री लिन भन्सार प्रमुख लाल बहादुर खत्री जाने प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । न्यालमले पीपीई २८ सय, डिस्पोजल मेडिकल ह्याट ५ हजार पीस, मेडिकल आइसोलेसन सुज कभर ५ हजार थान, गगल्स ३ हजार, आइसोलेसन मास्क २ हजार पीस, एन नाइन्टिन फाइभ मास्क २ हजार पीस, पिसिआर टेस्ट रिजेन्टस २ हजार थान, पिसिआर टेष्ट स्वाब २ हजार र डिस्पोजल मेडिकल मास्क ५ हजार पीस सहयोग गर्ने सिडियो ढकालले जानकारी दिए । यो सँगैं न्यालमले सिन्धुपाल्चोकलाई तेस्रो पटक स्वास्थ्य सामग्री दिन लागेको हो । यसअघि दुई पटक न्यालमले सिन्धुपाल्चोकलाई स्वास्थ्य सामग्री दिइसकेको छ । यी स्वास्थ्य सामग्री जिल्लामा अत्यावश्यक परेका स्थानीय तह र स्वास्थ्य संस्थालाई दिने ढकालले बताए । क्याटेगोरी : स्वास्थ्य/शिक्षा ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ईन्द्रावतीमा तीन दिने स्वास्थ्य शिविर सुरू प्राविधिक शिक्षा पढ्ने इन्द्रावतीका सात विद्यार्थीलाई जनही ५० हजार सहयोग सिन्धुपाल्चोकमा २२ स्वास्थ्य संस्था पुनर्निर्माण गर्न सम्झौता इन्द्रेश्वरीले ४७ औं वार्षिकोत्सव भव्य रुपमा मनायाे धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे