हेलम्बुका एक युवकमा कोरोना, सावधानी अपनाउन आग्रह

हेलम्बु । हेलम्बु गाउँपालिका १ का एक युवकमा कोरोना संक्रमण देखिएपछि स्थानीय त्रसित भएका छन् । लकडाउनमा गाउँमा आएर बसेका १७ वर्षीय युवकलाई कोरोन देखिएको हो । उनी अहिले पनि आफ्नै घरमा बसिरहेका छन् । स्वास्थ्यकर्मीले घरमै आईसाेलेसनमा बस्न भनेकाले उनी घरमै बसेका हुन्।
उनी यही साउन २१ गते हेलम्बुबाट काठमाडौं गएको पाइएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । काठमाडौंमा होस्टलले पिसिआर रिपोर्ट मागेपछि उनी वीर हस्पिटलमा कोरोना परीक्षणका लागि गएका थिए ।
उनको रिपोर्ट पोजेटिभ आएको पाइएको छ । चैत देखि गाउँमा आएर बसेका युवकमा नै कोरोना देखिएपछि स्थानीय डराएका छन् । हेलम्बुका अध्यक्ष शेर्पाले युवकको कोरोना देखिएपछि अति आवश्यक काममा भन्दा बाहेक हिडडुल नगर्न र हिड्नै परे पनि निकै सावधानी अपनाउन हेलम्बुवासीमा अनुरोध गरेका छन् । घर गाउँमा बस्दा पनि निकै सुरक्षित रहन उनले आग्रह गरेका छन् ।
क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस