बुधबार, चैत्र ५, २०८१
गृहपृष्ठस्वास्थ्य/शिक्षाजुगलका दुई शिक्षकमा कोरोना देखिएपछि गाउँ नै त्रसित, गाउँपालिकाका सबै सेवा बन्द

जुगलका दुई शिक्षकमा कोरोना देखिएपछि गाउँ नै त्रसित, गाउँपालिकाका सबै सेवा बन्द


चौतारा । जुगल गाउँपालिकामा कार्यरत दुइ शिक्षकमा कोरोना पोजेटिभ देखिएपछि जुगल गाउँपालिकाको कार्यालय नै आजबाट बन्द गरिएको छ । सल्यान बाट १७ गते जुगल आएका जुगल ५ का सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिका कार्यालयसहित ५ नम्बर वडा कार्यालय समेत बन्द गरिएको हो । ५ नम्बर वडामा नै गाउँपालिका कार्यलय रहेकाले गाउँपालिका कार्यलय पनि बन्द गरिएको हो ।

भदौ १ गते बाट भर्ना अभियान सञ्चालन गर्ने र भदौ १५ बाट विद्यालयमा पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णय अनुरुप सल्यानबाट ती शिक्षक जुगल आएका हुन् । उनीहरुले सल्यानबाट आउँदा थानकोटमा पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । त्यसपछि उनीहरु सिन्धुपाल्चोक आएको जुगल ५ का वडाध्यक्ष सनत अधिकारीले बताए ।

उनीहरु सिन्धुपाल्चोक आएको ६ र ७ दिनपछि दुवै जनामा कोरोना पोजेटिभ देखिएको रिपोर्ट आएको थियो । त्यतिन्जेलसम्म उनीहरुले धेरै मानिसहरुसँग भेटघाट गरेको पाइएको वडाध्यक्ष अधिकारीले बताए । वहाँहरुले विद्यालयका अन्य शिक्षकसँग भेटघाट गर्नुभएछ साथै बस्ने घर खाना खाने होटल र एक पास्नीमा समेत संलग्न भएको जानकारी आएको अधिकारीले बताए । त्यस्तै सिन्धुपाल्चोक आउँदा पनि उनीहरुले ४ वटा बस प्रयोग गरेको देखिन्छ ।

हालसम्म एक डेढसय मानिससँग उहाँहरुको सम्पर्क भएको देखिएको छ वडाध्यक्ष अधिकारीले भने अहिले गाउँले सबैलाई घरबाट ननिस्कन भनिएको छ । वडाका ढाडे, बराम्ची, चनौटे, साप्ले, घ्यादुङ क्षेत्रलाई जोखिम क्षेत्र कायम गरिएको छ ।

शिक्षकहरुमा कोरोना देखिएपछि गाउँ नै त्रसित छ । हाल दुई शिक्षकमध्ये एक जना टेकु प्रयोगशालामा उपचाररत छन् भने, एकजना जिल्ला अस्पताल चौताराको आइसोलेसनमा उपचाररत छन् । अब केही दिनमा नै कन्ट्याक ट्रेसिङको काम थालिने वडाध्यक्ष अधिकारीले जानकारी दिए ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!