सरकारको निर्णय विपरित शैक्षिक संस्था खोले कारवाही गरिने

चौतारा । नेपाल सरकारको निर्णय विपरित शैक्षिक संस्था खोले कारवाही हुने भएको छ । आज बसेको कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा केही शैक्षिक संस्था खोल्ने तयारी भएको जानकारी प्राप्त भएको भन्दै सरकारको निर्णय विपरित खोलिने त्यस्ता संस्थालाई कारवाही गरिने भएको हो ।
जिल्लाका शैक्षिक संस्था खोलेमा कानुन बमोजिम कारवाही गर्न केन्द्रले प्रहरीलाई निर्देशन समेत दिएको छ । त्यसैगरी परम्परागत रुपमा चल्दै आएका जात्रा, मेला, पर्व, धार्मिक कार्यक्रमहरु जस्ता भिडभाड हुने कार्यक्रम गर्न नदिने केन्द्रले निर्णय गरेको छ ।
यसैगरी अन्य जिल्लाबाट जिल्ला आउनेलाई प्रवेशमा कडाइ गरिने भएको छ । कोरोना संक्रमणको अवस्था व्यापक रुपमा बढेकाले अन्य जिल्लाबाट आउने लाई प्रवेश नै नदिने र दिनैपरे पनि प्रक्रिया पुर्याएर आएकालाई मात्रै दिने केन्द्रले जनाएको छ ।
क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस