लिपिङबाट भिटिएम बोकेर हेलिकप्टर उड्यो, बन्देउबाट गाडीमा काठमाडौं लाने

बाह्रबिसे । स्वास्थ्य विभागले माग गरेको अतिआवश्यक स्वास्थ्य सामग्री तातोपानी भन्सारमै अडकिएपछि आज हेलिकप्टरबाट काठमाडौं पठाइदैंछ । बाढी र पहिराका कारण बाह्रबिसे माथि ठाउँ ठाउँमा सडक भत्किएपछि सडकमार्ग हुँदैं ती स्वास्थ्य सामग्री (भीटीएम) काठमाडौं पठाउन नसकिने भएकाले हेलिकप्टरबाट बन्देउसम्म र त्यहाँबाट गाडीमा काठमाडौं लगिदैंछ ।
तातोपानी भन्सारमा जाँचपास सकिएर राखिएका ती सामग्री भोटेकोशी-२ को थामी गाउँसम्मसम्म मजदुरहरुले बोकेर पुर्याएको र त्यहाँबाट हेलिकप्टरबाट बन्देउसम्म लगिदैं गरेको भन्सार भन्सार प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए । ८ सय ७४ कार्टुन भिटिएम हिजो नै बोकेर थामी गाउँ पुर्याइएको थियो । अहिले ती सामग्री धमाधम हेलिकप्टरबाट बन्देउ ल्यादैंछ ।
आज नै ती सामग्री काठमाडौं पुग्ने भन्सार प्रमुख खत्रीले बताए । ती भीटीएम नीजि व्यवसायीले स्वास्थ्य विभागको माग अनुसार ल्याएको थियो । भीटीएम कोरोना आशंका गरिएका व्यक्तिको स्वाब संकलन गर्ने भाँडो हो ।
क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस