Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकका ३१ जना कोरोना जितेर घर फर्के

सिन्धुपाल्चोकका ३१ जना कोरोना जितेर घर फर्के


चौतारा । जिल्लाका पाँच जनाले कोरोना जितेका छन् । मेलम्ची आइसोलेसनमा रहेका ११ महिनाको बालिकासहित पाँच जनाले कोरोना जितेका हुन् । उनीहरु मेलम्चीको आइसोलेसनमा उपचार गराइरहेका थिए । इन्द्रावती १ र १२ का उनीहरु कोरोना जितेपछि घर फर्केका छन् ।

पहिलो पटकको स्वाब परीक्षणमा पोजेटिभ देखिएका उनीहरुको दोस्रो पटकको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई शुक्रबार आइसोलेसनबाट डिस्चार्ज गरिएको हो । यसअघि २६ जनाले कोरोना जितिसकेका थिए । योसँगै सिन्धुपाल्चोकमा कोरोना जित्नेको संख्या ३१ पुगेको छ ।

५२ जना संक्रमित देखिएको जिल्लामा २५ जनाको उपचार भइरहेको छ । २० जनाको जिल्लाका विभिन्न आइसोलेसन वार्डमा उपचार भएको छ भने अन्य पाँचजनाको काठमाडौंमा उपचार भइरहेको छ । एकजनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस