गृहपृष्ठ ∕ स्वास्थ्य/शिक्षा ∕ बिरामी भएर उपचारका लागि काठमाडौं गएका सिन्धुका थप दुई पुरुषमा कोरोना संक्रमण बिरामी भएर उपचारका लागि काठमाडौं गएका सिन्धुका थप दुई पुरुषमा कोरोना संक्रमण सिन्धु खबर असार २४, २०७७ गते २०:२३ मा प्रकाशित चौतारा । सिन्धुपाल्चोकका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाह्रबिसे नगरपालिका ८, मानेश्वाराका ८६ वर्षीय एक पुरुष र पाँचपोखरी गाउँपालिका ६ निवासी ४५ बर्षीय पुरुषसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु दुवैजनाको असार २२ गते पाटन अस्पतालका कोराना पुष्टि भएको हो । यो सँगैं सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । दुवैजना घरमा नै बसिरहेको अवस्थामा बिरामी भएपछि जँचाउन लग्दा कोरोना संक्रमण पुष्टि भएको हो । घरमा नै बसिरहेका व्यक्तिहरुमा कोरोना देखिएपछि थप त्रास बढेको छ । उनीहरु जिल्लाबाट उपचारका लागि काठमाडौं गएका थिए । आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले उनीहरुको घर आसपासमा तथा छिमेकमा सम्पर्कमा रहेका व्यक्तिहरुकोे कन्ट्याक्ट ट्रेसिङ तुरुन्तै गर्ने निर्णय गरेको छ । मानेश्वाराका संक्रमितलाई उपचारका लागि खाडिचौरस्थित सिन्धु सदावहार अस्पताल समेत लगिएकाले उक्त स्थानमा थप खोजबिन गर्न र कन्ट्याक्ट ट्रेसिङ गर्न एक समिति गठन गर्ने केन्द्रले निर्णय गरेको छ । क्याटेगोरी : स्वास्थ्य/शिक्षा ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ईन्द्रावतीमा तीन दिने स्वास्थ्य शिविर सुरू प्राविधिक शिक्षा पढ्ने इन्द्रावतीका सात विद्यार्थीलाई जनही ५० हजार सहयोग सिन्धुपाल्चोकमा २२ स्वास्थ्य संस्था पुनर्निर्माण गर्न सम्झौता इन्द्रेश्वरीले ४७ औं वार्षिकोत्सव भव्य रुपमा मनायाे धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे