Techie IT
Tuesday, October 27,2020 / मंगलबार, कात्तिक ११, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षा‘पर्पल झोला’ लिएर सिन्धुका क्वारेन्टाइन पुग्यो सिर्जनशील

‘पर्पल झोला’ लिएर सिन्धुका क्वारेन्टाइन पुग्यो सिर्जनशील


चौतारा । पर्पल फाउण्डेशसनको सहयोगमा ग्रामीण महिला सिर्जनशील परिवारले जिल्लाका क्वारेन्टाइन र आइसोलेसनमा बसेका महिलाहरुलाई डिग्निटि किटको पर्पल झोला वितरण गरेको छ । सिर्जनशीलले सिर्जनशील परिवारको कार्यालयमा रहेको क्षेत्रीय क्वारेन्टाइनमा ३० झोला र मेलम्ची नगरपालिकामा रहेको क्षेत्रीय क्वारेन्टाइन र आइसोलेसनमा रहेका महिलाहरुलाई थप ३० झोला गरी ६० झोला पर्पल झोला वितरण गरेको छ ।

आज मेलम्ची नगरपालिका पुगेर सिर्जनशील परिवारका निर्देशक नानीमैयाँ नेपालले उक्त किट नगरपालिकाकी उप मेयर भगवती नेपाललाई प्रदान गरेकी छिन् । पर्पल झोलामा स्यानिटरी प्याड दुई प्याकेट, स्यानिटाइजर एक पीस, मास्क दुई पीस, स्यामपो दुई प्याकेट र पानी खान बोतल एक वटा छ ।

यसअघि सिर्जनशीलले सीर्जनशीलकै भवनमा रहेको क्वारेन्टाइनमा महिलाहरुलाई डिग्निटि किट वितरण गरेको थियो । अब केही दिनमा नै क्षेत्रीय क्वारेन्टाइन मेलचौर पुगेर त्यहाँ बसेका महिलाहरुलाई डिग्निटि किट वितरण गर्ने सिर्जनशीलको योजना छ ।

क्वारेन्टाइन तथा आइसोलेसनमा बसेका महिलाहरुलाई सहयोगस्वरुप अतिआवश्यक सामाग्रीहरु वितरण गरेको थापाले बताइन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस