Techie IT
Monday, April 12,2021 / सोमबार, चैत्र ३०, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकमा कार्यालय सहयोगीलाई पनि कोरोना, संक्रमितको संख्या ४९

सिन्धुपाल्चोकमा कार्यालय सहयोगीलाई पनि कोरोना, संक्रमितको संख्या ४९


चौतारा । सिन्धुपाल्चोकमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि कारागारमा एकजना वृद्धलाई कोरोना देखिएपछि ४० जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये एकजनामा कोरोना संक्रमण देखिएको हो ।

जिल्ला कारागारमा कार्यरत कार्यालय सहयोगी ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । उनलाई चौतारा अस्पतालमा रहेको आइसोेलेसनमा पठाउने तयारी भैरहेको छ । योसँगै सिन्धुपाल्चोकमा ४९ जना कोरोना संक्रमित भएका छन् ।

जसमधये २० जना निको भएर घर फर्केका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस