सिन्धुपाल्चोकमा आज एकैदिन थप १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८ पुग्यो

चौतारा । सिन्धुपाल्चोकमा ११ महिनाको शिशुसहित थप १२ जनामा कोरोना संक्रमण भएको छ । पाँच महिला र सात पुरुषमा आज संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए ।
उनीहरुमध्ये पाँचपोखरी थाङपालधाप गाउँपालिकाका ११ जना, इन्द्रावतीका एक जना गरी १२ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा खपाँचपोखरी वडा नम्बर ८ का २० वर्षीय एक महिला, वडा नम्बर ७ की २३ वर्षीय महिला, वडा नम्बर ३ का ३६, २८, १५, ३६, २८ वर्षीय र ११ महिनाका बालकसहितत ६ पुरुष र २९, ५० वर्षीय २ महिला र ४ वर्षीय बालिकासहित नौ जना छन् । त्यस्तै पाँचपोखरी ५ का १६ वर्षीय पुरुष छन् । भने इन्द्रावती ५ का ३७ वर्षीय पुरुष रहेका छन् ।
उनीहरु एक जना कतारबाट, एकजना साउदीबाट र १० जना भारतबाट आएका हुन् । यो सँगै जिल्लामा संक्रमितको संख्या ४८ पुगेको छ ।
क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस