गृहपृष्ठ ∕ स्वास्थ्य/शिक्षा ∕ पाँचपोखरीका एक युवामा कोरोना संक्रमण, संक्रमितको संख्या ३६ पुग्यो, २० निको भए पाँचपोखरीका एक युवामा कोरोना संक्रमण, संक्रमितको संख्या ३६ पुग्यो, २० निको भए सिन्धु खबर असार १९, २०७७ गते १७:२५ मा प्रकाशित चौतारा । पाँचपोखरी थाङपालधापका एक युवामा कोरोना संक्रमण देखिएको छ । वडा नम्बर ३ का २५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए । भारतबाट असार १० गते आएका उनी क्षेत्रपाल माविको तिपेनीस्थित क्वारेन्टाइनमा बसेका थिए । स्वाब संकलन गरी परीक्षणका लागि टेकु प्रयोगशाला पठाइएकोमा उनको रिपोर्ट आज पोजेटिभ आएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ । उनलाई थप उपचारका लागि मेलम्चीको आइसोलेसनमा लाने तयारी भइरहेको छ । जिल्लाका २० जना भने कोरोना जितेर घर फर्केका छन् । हालसम्म १३ सय ६० को आरडीटी प्रविधिमार्फत परीक्षण गरिएको छ भने पीसीआर प्रविधिबाट ८ सय ६२ जनाको परीक्षण गरिएको छ । स्वाब संकलन गरिएकामध्ये १ सय ६२ जनाको रिपोर्ट आउन बाँकी छ । क्याटेगोरी : स्वास्थ्य/शिक्षा ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षक संगठनको मेलम्ची नगर अध्यक्षमा भट्टराई सात महिनाको तलब नदिई मेसेन्जरबाट जागिर गएको खबर चार महिनापछि बेपत्ता पुजनको मोटरसाइकल र जुत्ता भोटेकोशी किनारमा भेटियो तातोपानीमा फागुन २२ गते निशुल्क स्वास्थ्य शिविर गरिने धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम