Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकमा २० जनाले कोरोना जितेर घर फर्के

सिन्धुपाल्चोकमा २० जनाले कोरोना जितेर घर फर्के


चौतारा । सिन्धुपाल्चोकमा २० जना कोरोना संक्रमित कोरोनालाई जितेर घर फर्केका छन् । जिल्ला प्रशासन कार्यलयले आज जारी गरेको पछिल्लो तथ्याकं अनुसार सिन्धुपाल्चोकका २० जना संक्रमितहरु निको भएर घर फर्केका छन् । इन्द्रावतीका दुई पुरुष, चौतारा साँगाचोकगढीका एक पुरुष, जुगलकी एक महिला, पाँचपोखरीका दुई महिला र नौ पुरुष, मेलम्चीका तीन महिला, हेलम्बुका दुई महिला गरि २० जना कोरोना जितेर घर फर्केका हुन् ।

उनीहरु असार ४ देखि आजसम्म विभिन्न मितिमा डिस्चार्ज भएका हुन् । पछिल्लो स्वाब संकलनमा उनीहरुमा कोरोना नदेखिए पछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । उनीहरु काठमाडौंको टेकु अस्पताल, मेलम्ची नगरपालिकाको आइशोलेसन सेन्टर रचौतारा अस्पतालमा उपचार गराइरहेका थिए ।

जिल्लामा ३५ जना संक्रमितमध्ये २० जना कोरोना संक्रमणबाट मुक्त भएपछि अब बाँकी १४ जना संक्रमित मात्रै रहेका छन् । १४ मध्ये तीन जना काठमाडौंमा उपचाररत छन् भने ११ जना जिल्लाका विभिन्न आइसोलेसन वार्डमा उपचाररत छन् । एक जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

पछिल्लो समय बाहिरबाट आउने व्यक्तिहरुको संख्या बढेसँगै जिल्लामा संक्रमितको संख्या पनि बढेको छ । जिल्लामा हालसम्म आठ सय ९२ जनाको स्वाब संकलन गरिएको छ भने सात सयको पीसीआर परीक्षण गरिएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस