Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाइन्द्रावतीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो, चार निको भए

इन्द्रावतीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो, चार निको भए


चौतारा । सिन्धुपाल्चोकमा थप एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । इन्द्रावती ५ का ३५ वर्षीय एक पुरुषमा आज कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यो सँगै सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

उनी पाँचपोखरी गाउँपालिकाको तिपेनीस्थित क्षेत्रपाल माविको क्वारेन्टाइनमा असार ५ गतेदेखि बसेका थिए । उनी सुनौली नाका हुँदै भारतबाट नेपाल आएका हुन् । संक्रमितलाई मेलम्ची नगरपालिकाको आइसोलेसनमा राखेर उपचार गरिने जनस्वास्थय अधिकृत दुर्गादत चापागाईले जानकारी दिए । मेलम्ची नगरपालिकाको आइसोलेसनमा २२ जना उपचाररत छन् ।

यसअघि मेलम्ची, पाँचपोखरी, बाह्रबिसे, बलेफि, हेलम्बु, चौताराका गरि २९ जना संक्रमित भएका थिए । जसमध्ये चारजना संक्रमित निको भएर घर फर्केका छन् भने बाँकी २४ जना को आइसोलेसनमा उपचार भइरहेको छ । जिल्लाका एक संक्रमितको भने मृत्यु भइसकेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!