आईतबार, मंसीर १२, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षामेलम्चीको क्वारेन्टाइन भरिएपछि इन्द्रावतीका नागरिकलाई इन्द्रावतीमै राखिने

मेलम्चीको क्वारेन्टाइन भरिएपछि इन्द्रावतीका नागरिकलाई इन्द्रावतीमै राखिने


चौतारा । इन्द्रावती गाउँपालिकाले विदेश वा बाहिरी जिल्लाबाट आएका नागरिकलाई आफ्नै गाउँपालिकाको क्वारेन्टाइनमा राख्ने भएको छ । यसअघि क्षेत्रीय क्वारेन्टाइन मेलम्चीमा गाउँपालिकावासीलाई राख्दै आएको इन्द्रावतीले अबबाट आफ्नै गाउँपालिकाको क्वारेन्टाइनमा राख्न लागेको हो ।

कोरोना संक्रमितको संख्या बढेसँगै क्षेत्रीय क्वारेन्टाइन भरिएकाले गाउँपालिकामै आफ्ना नागरिकलाई राख्न क्वारेन्टाइनको व्यवस्था गरिएको इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । इन्द्रावतीका १२ वटा वडामा प्रत्येक वडाले १० बेडको क्वारेन्टाइन निर्माण गरेका छन् ।क्वारेन्टाइनमा राख्न आवश्यक समन्वयका लागि गाउँपालिकाले स्वास्थ्य संयोजक परशुराम श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकेको छ ।

यसअघि क्षेत्रीय क्वारेन्टाइनमा नै सबै गाउँपालिकाका शंकास्पद व्यक्ति राख्न भन्दै गाउँपालिकाले पाँच लाख सहयोग मेलम्ची नगरपालिकालाई दिएको थियो । इन्द्रावतीले मात्रै हैन हेलम्बु, पाँचपोखरीले समेत पाँच लाख दिएर मेलम्चीमा क्षेत्रीय क्वारेन्टाइन निर्माण गरेका थिए ।

केही दिनयता मेलम्ची क्वारेन्टाइनमा बस्नेको संख्या वृद्धि भएसँगै क्वारेन्टाइन अपुग देखिएको हो । साथै क्षेत्रीय क्वारेन्टाइनमा नै बसेका २५ जनालाई कोरोना देखिएको छ । जसमध्ये इन्द्रावतीकै एक युवा निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!