बाह्रबिसेका दुइजनाको कारोना रिपोर्ट नेगेटिभ

चौतारा । बाह्रबिसे नगरपालिकाका दुई जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बाह्रबिसे नगरपालिका ४ का २६ वर्षीया राजन न्यौपाने र ५५ वर्षीया राम प्रसाद न्यौपानेको पिसीआर नेगेटिभ आएको हो ।
बाह्रबिसे नगरपालिकाको क्वारेन्टाइनमा बसेका दवै जनाको आसर ३ गते स्वाब संकलन गरि पीक्षणका लागि काठमाडौं टेकु प्रयोगशाला पठाइएको थियो ।
आज प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेले सूचना जारी गर्दै उनीहरुको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ । उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको केन्द्रले जनाएको छ ।
क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस