चौताराको क्वारेन्टाइनमा बसेका २८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

चौतारा । चौतारा नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेका २८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा भारतबाट आएर जिल्ला समन्वय समितिको क्वारेन्टाइनमा बसेका चौताराका २१ जना र बाह्रबिसे नगरपालिकाका ३ जना गरि २४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
साथै अन्य जिल्लाबाट आएर मेलचौर क्वारेन्टाइनमा बसेका थप चार जनाको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको चौतारा नगरपालिकाका मेयर अमानसिंह तामाङलेले जानकारी दिए । उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि २८ जनालाइ नै आज घर पठाइएको छ ।
घरमा थप १४ दिन होम क्वारेन्टाइनमा बस्न र स्वास्थ्य सुरक्षा अपनाउन सम्झाउँदै मेयर तामाङले आज उनीहरुलाई बिदाइ गरेका हुन् । पीसीआर रिपोर्ट ढिलो आएका कारण उनीहरु १८ दिन क्वारेन्टाइनमा बस्नुपरेको थियो ।
क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस