Techie IT
Tuesday, October 20,2020 / मंगलबार, कात्तिक ४, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकका तेस्रा संक्रमितको आरडीटी रिपोर्ट नेगेटिभ पीसीआर पोजेटिभ

सिन्धुपाल्चोकका तेस्रा संक्रमितको आरडीटी रिपोर्ट नेगेटिभ पीसीआर पोजेटिभ


चौतारा । मेलम्चीको क्षेत्रीय क्वारेन्टाइनमा रहेका सिन्धुपाल्चोकका तेस्रो कोरोना संक्रमितको आरडीटी रिपोर्ट नेगेटिभ आएको खुल्न आएको छ । मेलम्ची रिसोर्टको क्वारेन्टाइनमा बसेका उनको यही जेठ १८ गते आरडीटी परीक्षण गरिएको थियो । आरडीटी परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

मेलम्चीमा यसअघि सोही क्वारेन्टाइनमा रहेका इन्द्रावतीका एक युवकमा कोरोना संक्रमण भएपछि त्यहाँ रहेका अन्यको २१ गते स्वाब संकलन गरी टेकु प्रयोगशाला पठाइएको थियो । आज आाएको रिपोर्टमा उनको पीसीआर पोजेटिभ आएको हो । ती युवकको अहिले मेलम्चीमा रहेको आइसोलेसनमा उपचार सुरु भएको छ ।

उनी १४ गते मेलम्ची क्वारेन्टाइनमा आएका थिए । उनी भारतबाट नेपालगञ्जको रुपैडिया नाका हुँदै नेपाल आएका थिए । उनी भारतबाट कहिले आए भन्ने खुलेको छैन् । उनी इन्द्रावतीका हुन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस