आईतबार, फागुन ४, २०८१
गृहपृष्ठस्वास्थ्य/शिक्षाबालशिक्षालाई विद्यालय बस प्रदान

बालशिक्षालाई विद्यालय बस प्रदान


खाडिचाैर- ​बालशिक्षा माध्यमिक विद्यालय खाडिचौरलाई विद्यालय बस हस्तान्तरण गरिएको छ ।

सोमबार विद्यालयको ५९ औ  वार्षिकोत्सव तथा अभिभावक भेलाको कार्यक्रममा अरनिको यातायात समितिका अध्यक्ष केदार क्षेत्रीले विद्यालयको स्वामित्वमा रहने गरी विद्यालयलाई बस सहयोग गरेका हुन् । विद्यालयको वार्षिकोत्सव कार्यक्रममा पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विद्यालय व्यवस्थापन  तथा विद्यालय परिवारलाई हस्तान्तरण गरेका हुन् ।

बस हस्तान्तरण गर्दै मन्त्री बस्नेतले सामुदायिक विद्यालयलाई मजबुत बनाएर लगे शिक्षामा फड्को मार्न सकिने बताए । ‘शिक्षा क्षेत्र देशको मेरुदण्ड हो, हामीले शिक्षालाई गुणस्तर र  व्यवसायी तथा सीपमूलक शिक्षा प्रदान गर्न सके थप शिक्षाको विकास हुन्छ,’ उनले भने, ‘हामीले सामुदायिक विद्यालयलाई मजबुत बनाएर लगे शिक्षामा फड्को मार्न सकिन्छ ।’


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!