सोमबार, फागुन १४, २०८०
गृहपृष्ठस्वास्थ्य/शिक्षाछोराछोरीकाे ख्याल गर्न निवर्तमान सभामुख सापकोटाको सुझाव

छोराछोरीकाे ख्याल गर्न निवर्तमान सभामुख सापकोटाको सुझाव



राजनीतिमा पूर्णकालीन हुनु अघि लामो समय शिक्षण पेशामा रहेका उनले छोराछोरीका अगाडि खराब शब्द नबोलिदिन अपिल गरे । जिल्लामा ‘अग्नि सर’ नामले चर्चीत सापकोटाले शिक्षकलाई नैतिक शिक्षामा जोड दिन र व्यावसायिक आचरण सुद्ध गर्नु पर्नेमा जोड दिए ।


कुविण्डे– संघीय संसद, प्रतिनिधि सभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले आफ्ना छोराछोरीलाई नजिकबाट ख्याल गर्न अभिभावकलाई सुझाएका छन् ।

गृहनगर चौतारा साँगाचोकगढीस्थित कुविण्डेको सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव, अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले पहिलो कक्षा घर र पहिलो शिक्षक बाबु आमा भएको कुरा नविर्सन अभिभावकलाई स्मरण गराएका हुन् ।

राजनीतिमा पूर्णकालीन हुनु अघि लामो समय शिक्षण पेशामा रहेका उनले छोराछोरीका अगाडि खराब शब्द नबोलिदिन अपिल गरे । जिल्लामा ‘अग्नि सर’ नामले चर्चीत सापकोटाले शिक्षकलाई नैतिक शिक्षामा जोड दिन र व्यावसायिक आचरण सुद्ध गर्नु पर्नेमा जोड दिए ।

उनले विद्यार्थीलाई देश र विद्यालयलाई प्रेम गर्न आग्रह गरे । ‘देश र विद्यालयलाई प्रेम गर्नु हुन्छ कि गर्नु हुन्न ?’ भन्ने सापकोटाको जिज्ञासामा विद्यार्थीले गर्छौं भन्ने जवाफ फर्काएका थिए ।

देशभक्ति, सदाचार र राष्ट्रियताबारे विद्यार्थीलाई ज्ञान दिने जिम्मेवारी विद्यालयको रहेको उनको भनाई थियो । देशमा बेथिति उत्कर्षमा जाँदै गरेको संकेत गर्दै उनले देशभक्ति र सदाचारका विषयमा कसैसँग सम्झौता नगर्न सुझाव दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लाको क्षेत्र नं १ का संघीय सांसद माधव सापकोटा सुबोधले विद्यालयबाट राजनीति सुरु गरेको स्मरण गरे । उनले विद्यालयलाई कृषि क्याम्पस बनाउनेतर्फ काम अघि बढाइएको जानकारी गराउँदै वरपरको बाटो स्तरोन्नति भएपछि टाढाका विद्यार्थी समेत आउन सहज हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नवनिर्वाचित सांसद सापकोटालाई विद्यालयले सम्मान गरेको थियो । उनलाई निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले सम्मान गरेका हुन् । जनयुद्धको थालनी अघि नै चर्चामा आएको कुविण्डे राजनीतिक रुपमा चर्चित एवं ऐतिहासिक क्षेत्र हो ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!