सोमबार, फागुन १४, २०८०
गृहपृष्ठस्वास्थ्य/शिक्षादेशमा अर्थतन्त्रमा गम्भिर समस्या आएको छ–प्रधानमन्त्री प्रचण्ड

देशमा अर्थतन्त्रमा गम्भिर समस्या आएको छ–प्रधानमन्त्री प्रचण्ड


चनौटे–प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले देशको अर्थतन्त्रमा गम्भिर समस्या आएको बताएका छन् ।

चीनको आर्थिक तथा प्राविधिक सहयोगमा जुगल गाउँपालिका–५ चनौटेमा निर्मित रत्नराज्य माध्यमिक विद्यालय भवनको शुक्रबार उद्घाट्न गर्दै उनले आफु प्रधानमन्त्री बनेसँगै जिम्मेवारीसहित विकासको अठोट लिएको बताए ।

‘देशको सिंगो अर्थतन्त्रमा गम्भिर समस्या आएको छ । तपाईँहरुले केही कुरा सुन्नु भएकै होला । मैले प्रधानमन्त्री बनेसँगै यी समस्या हल गर्ने अठोट लिएको छु । केही सकरात्मक संकेत पनि देखिएको छ’, प्रधानमन्त्री दाहालले भने ।

विद्यालय भवन बन्नुमा आफ्नो धेरथोर भुमिका रहेका बताउँदै उनले भने, ‘शिक्षामा गुणस्तर नभइ विकासमा देश अघि बढ्दैन् । यसमा सबैले जोड दिनुपर्छ ।’

नेपालका लागि चिनियाँ राजदुत चेन सङले विद्यालय भवन प्रधानमन्त्रीमार्फत् समुदायलाई हस्तान्तरण गरेका थिए ।

पूर्वसभामुख अग्निप्रसाद सापकोटाले तत्कालीन चिनियाँ राजदूतसँग व्यापक छलफल गरेर अनेक पहलकदमी लिएपछि भव्य विद्यालय ठडिएको बताए ।

चिनिया राजदूत चेन सङले हिमालमुनी रमाउने नेपाली देखेर छक्क परेको र चीनले विद्यालयबाहेक अन्य विभिन्न भौतिक संरचना र पूर्वाधार पुनर्निर्माणमा सहयोग गरिरहेको बताए । उनले विद्यालयबाहेक पुस्तौँदेखिको नेपाल–चीनको सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न अनेक कार्यक्रम अघि बढाउने चीनको अठोट रहेको जनाए ।

कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधि सभा २ का सांसद मोहनबहादुर बस्नेत, प्रतिनिधि सभा १ का सांसद माधव सापकोटा सुबोध, बाग्मती प्रदेश सांसद सरल सहयात्री पौडेल, कृष्णबहादुर तामाङ समिर ,मसिना खड्का , अमृता नेपाललगायत उपस्थित थिए ।

चीनको एक अर्ब रुपैयाँभन्दा बढीको लागतमा र्निर्मित विद्यालयको अत्याधुनिक सुविधायुक्त ६ वटा भवन चिनियाँ मोडेलअनुसार बनेका छन् । सन् २०१७ जनवरीमा सुरु भएर २०१९ डिसेम्बरमा निर्माण सकिएको विद्यालय भवन तत्कालीन चिनिया राजदूत होउ यान्छी हँुदा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तय भएको थियो । तर समय नमिलेपछि त्यसबेला यद्घाट हुन पाएको थिएन ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!