बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठफोटो फिचरसिद्धिगणेश ६१ औँ वर्षमा, भव्यतापूर्वक मनायो वार्षिकोत्सव

सिद्धिगणेश ६१ औँ वर्षमा, भव्यतापूर्वक मनायो वार्षिकोत्सव



२०१९ मा स्थापित वडाकै जेठो यो विद्यालयमा अहिले बागमती प्रदेश सरकारको नमूना विद्यालय कार्यक्रम लागू भइरहेको छ । अंग्रेजी माध्ययममा पठनपाठन हुने यो विद्यालय क्रमशः जिल्लामै उत्कृष्ट भित्र दहरिँदै गएको छ ।


सानोसिरुवारी–चौतारा साँगाचोकगढी नगरपालिका–७ मा रहेको सिद्धिगणेश माविले बिहीबार ६१ औँ वार्षिकोत्सव मनाएको छ ।

विद्यालयको स्थापना दिवसलाई उसले भव्य रुपमा मनायो । वार्षिकोत्सवको बागमती प्रदेश सरकारका भौतिक योजनामन्त्री युवराज दुलाल शरदले उद्घाटन गरेका थिए ।

यसै विद्यालयमा पढेका दुलाललाई विशिष्ट स्थानमा पुगेर क्षेत्र, जिल्ला र मुलुक सेवामा योगदान दिएको भन्दै विद्यालयले सम्मान ग¥यो ।

उनीसँगै यसै विद्यालयमा पढेर उच्च ओहदामा पुगेका उर्जा विज्ञ डा. रामप्रसाद धिताल, सशस्त्र प्रहरी बलका डिएसपी श्यामबाबु घिमिरे र चार्टड एकाउन्टेन राजेश नेपाललाई विद्यालयले विशेष सम्मान गरेको थियो ।

बार्षिकोत्सवको अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु, शिक्षक अभिभावक संघका पूर्वअध्यक्ष नातीबाबु धिताल लगायत तथा रुपक धितालसहित दाता र सहयोगीलाई विद्यालयले सप्रेम सम्मान ग¥यो ।

समारोहमा उत्कृष्ट शिक्षक रुद्रकुमार श्रेष्ठ, प्रविण चौलागाईँ , कक्षगत उत्कृष्ट विद्यार्थी तथा वार्षिकोत्सवको अवसरमा ओयोजित विभिन्न विधाका उत्कृष्ट विद्यार्थीलाई सम्मानित तथा पुरस्कृत गरिएको थियो ।

२०१९ मा स्थापित वडाकै जेठो यो विद्यालयमा अहिले बागमती प्रदेश सरकारको नमूना विद्यालय कार्यक्रम लागू भइरहेको छ । अंग्रेजी माध्ययममा पठनपाठन हुने यो विद्यालय क्रमशः जिल्लामै उत्कृष्ट भित्र दहरिँदै गएको छ ।

प्रधानाध्यापक राजकुमार यादवले विद्यालयलाई अझै उत्कृष्ट बनाउने योजना रहेको सुनाए । कार्यक्रममा विद्यार्थीले गीत, संगीत र नृत्यसहितको प्रतिभा प्रस्तुत गरे ।

व्यवस्थापन समिति अध्यक्ष रविन गौतमको अध्यक्षतामा भएको मूलसमारोहलाई शिक्षक तिलक दंगालले सञ्चालन गरेका थिए ।

 


क्याटेगोरी : फोटो फिचर, स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!