सोमबार, फागुन १४, २०८०
गृहपृष्ठस्वास्थ्य/शिक्षाजेष्ठ नागरिक क्लिनिक : पीपलडाँडामा हाइब्लड प्रेसरका रोगी बढी

जेष्ठ नागरिक क्लिनिक : पीपलडाँडामा हाइब्लड प्रेसरका रोगी बढी


चाैतारा-चौतारा नगरपालिका वडा नं. ६ पीपलडाँडामा बुधबार भएको जेष्ठ नागरिक स्वास्थ्य परीक्षणमा १ सय ८६ विभिन्न रोगका बिरामीले लाभ लिएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखको आयोजनामा उक्त कार्यक्रम भएको थियो ।

नगर स्वास्थ्य प्रमुख शिब पुरीका अनुसार शिविरमा १ सय ३ को आँखा परीक्षण भएको छ । उनीहरुमध्ये ४ मा मोतियाबिन्दु भेटिएको छ । १ सय ७७ को रगत परीक्षण गरिएकोमा ७ जना सुगरका रोगी फेला परेका छन् ।

परीक्षण गरिएकामध्ये क्षयरोगका दुई बिरामी भेटिँदा १६ जनामा उच्च रक्तचाप पाइएको छ । शिविरमा तीन गर्भवती महिलाको गर्भ जाँच गरिएको थियो ।

चौतारा नगरले सबै वडामा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण चलाइ रहेको छ । नाम जेष्ठ नागरिक भए पनि सबै उमेरका बिरामीले स्वास्थ्य लाभ उठाइरहेका छन् ।

‘आफैँ मुटुको रोगी हुनुको नाताले नगरवासीको स्वास्थ्यमा विशेष जोड दिएर कार्यक्रम गरिरहेका छौँ,’ नगर प्रमुख कृष्णप्रसाद सापकोटाले कदमवासको शिविरमा भनेका छन् ।

पीपलडाँडाको परीक्षण कार्यक्रम नगरपालिकाका सामाजिक विकास समिति संयोजक रामप्रसाद गौतमले शुभारम्भ गरेका थिए ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!