सुनकाेसीकाे बस्ती-बस्तीमा सामुदायिक स्वास्थ्य इकाइ

सुनकाेसी-सुनकोसी–७ को गाइपाइलेमा सामुदायिक स्वास्थ्य इकाईको सुरुवात स्वास्थ्य संस्थाका पहुँच बाहिर रहेका स्थानीयलाई लक्षीत गरेर सुनकोशी गाउँपालिका ले वडाका विभिन्न बस्तीहरुमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन गरेको छ ।
वडा तहमा रहेका स्वास्थ्य चौकीहरु सम्म पुग्न नसक्ने स्थानीयका लागि केन्द्रीय सरकारले नै सामुदायिक स्वास्थ्य सेवाको अवधारणा ल्याएको थियो । स्थानीय सरकारले आफ्नै स्रोत परिचालन गरेर त्यस्ता सामुदायिक स्वास्थ्य इकाइहरु सञ्चालन गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ ।
सोही व्यवस्था अनुसार सुनकोशी गाउँपालिकामा हालसम्म चार स्थानमा यस्ता सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा रहेको सुनकोशी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख गोविन्द हायुले जानकारी दिए । सुनकोशी गाउँपालिकाको वडा नम्बर–१ म दुइ,३ मा एक,५ मा एक र ७ नम्बर वडामा एउटा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा रहेको स्वास्थ्य शाखाका प्रमुख हायुले जानकारी दिए ।
सामुदायिक स्वास्थ्य इकाईमा प्राथामीक उपचारका सबै सेवा उपलब्ध हुने छ । त्यस्तै ओपीडी,वालस्वास्थ्य सेवा लगायतका सेवा र सुविधा यस्ता स्वास्थ्य इकाइहरुमा उपलब्ध हुने छ । सामुदायिक स्वास्थ्य इकाइमा बार्थिङ सुविधा भने उपलब्ध नहुने स्वास्थ्य शाखाका प्रमुख गोविन्द हायुले जानकारी दिए ।
प्रत्येक सामुदायिक स्वास्थ्य इकाइमा अहेव र अनमीको दरबन्दी सहित राज्यबाट उपलब्ध हुने सबै प्रकारका औषधी समेत विरामीहरुलाई निःशुल्क उपलब्ध हुने छ । गाइपाइले सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन सुनकोशी गाउँपालिका–७ को गाइपाइलेमा नयाँ स्थापना भएको सामुदायिक स्वास्थ्य इकाईको वागमती प्रदेशका पूर्वमन्त्री अरुण नेपालले शुभारम्भ गरेका छन् ।
गाउँपालिकाको सहयोगमा सञ्चालनमा आएको समुदायिक स्वास्थ्य इकाई सञ्चालन सुरु भएपछि स्वास्थ्य चौकी सम्म जानुपर्ने बाध्यताबाट सेवाग्राहीहरु मुक्त भएका छन् । स्थानीय सरकार आएपछि गाउँमा नै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु आएपछि स्थानीय खुसी भएका छन् ।
सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले स्थानीय सरकारले स्थानीयको शिक्षा,स्वास्थ्यका लागि सबै काम गर्न तयार रहेको बताए । गाउँपालिकाका अन्य स्थानमा समेत आवश्यकताको आधारमा यस्ता सामुदायिक स्वास्थ्य इकाइहरु स्थापना गरेर स्थानीयलाई गाउँमा नै स्वास्थ्य सुविधा उपलब्ध गराउने उनले जनाए ।
गाउँपालिकाले केही दिन भित्रमा नै सबै दिर्घरोगीहरुलाई निःशुल्क औषधी उपलब्ध गराउन लागेको अध्यक्ष तिमल्सिनाले बताए । कार्यक्रममा लिसंखु पाखर गाउँपालिकाका पुर्व अध्यक्ष कमल नेपाल,वडाध्यक्ष इश्वर तिमल्सिना ,स्वास्थ्य शाखा प्रमुख गोविन्द हायु लगायतको उपस्थिति थियो ।
सामुदायिक स्वास्थ्य इकाई को उद्घाटन गरेर स्वास्थ्य सेवाको सुरुवातको अवसरमा आसपासका सयौको स्वास्थ्य परिक्षण गरेर निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।
क्याटेगोरी : स्वास्थ्य/शिक्षा
तपाईको प्रतिक्रिया दिनुहोस