मंगलबार, माघ १७, २०७९
गृहपृष्ठस्वास्थ्य/शिक्षासुनकाेसीका बालविकासलाई मण्टेश्वरी प्रणालीमार्फत सञ्चालन गरिने

सुनकाेसीका बालविकासलाई मण्टेश्वरी प्रणालीमार्फत सञ्चालन गरिने


चाैतारा-सुनकोशी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा सञ्चालनमा रहेको बालविकास कक्षहरुलाई मन्टेश्वरी प्रणाली मार्फत पठनपाठन गर्ने गरी सञ्चालनको सुरुवात भएको छ ।

गाउँपालिकाले यो विधी अन्र्तगत पहिलो चरणमा बालविकासमा कार्यरत सहजकर्ताहरुका लागि छ दिने मण्टेश्वरी प्रणाली मार्फत बालबालिकाहरुलाई अध्यापन गराउनका लागि तालिम सञ्चालन गरेको छ ।

विद्यालयमा रहेका वालविकास र समुदायमा आधारित वालविकासमा कार्यरत ३५ सहजकर्ताहरु मण्टेश्वरी तालिममा सहभागी भएका थिए ।

गाउँपालिकाले पहिलो पटक वालविकासमा कार्यरत सहजकर्ताहरुलाई यसरी मण्टेश्वरी प्रणालीमा आधरित भएर तालिमको आयोजना गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।

गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै विद्यालय र समुदायमा सञ्चालनमा रहेका बालविकास केन्द्रहरुका लागि मण्टेश्वरी प्रणाली मार्फत पठनपाठनको व्यवस्था गर्ने गरी बजेट समेत व्यवस्थापन गरेको थियो ।

गाउँपालिकाको शिक्षा शाखा मार्फत सञ्चालन भएको तालिम असाध्यै प्रभावकारी भएको तालिममा सहभागी सहजकर्ताहरुले बताए ।

गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले आगामी वर्षदेखि मण्टेश्वरी आधारित भएर सबै सामुदायिक विद्यालयहरुमा सञ्चालीत वालविकास लाई प्रभावकारी रुपमा सञ्चालन गरिने बताए ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!