बुधबार, असोज १७, २०८०
गृहपृष्ठफोटो फिचरज्ञानमन्दिरले भव्य रुपले मनायो ४७ औँ वार्षिकोत्सव (फोटो फिचर)

ज्ञानमन्दिरले भव्य रुपले मनायो ४७ औँ वार्षिकोत्सव (फोटो फिचर)



शिक्षाप्रति अनुदार पञ्चायत शासन चरम बन्दै गइरहेका बेला स्थानीयको अगुवाइमा २०३२ मा विद्यालय स्थापना भएको थियो । ज्ञानमन्दिर प्राविबाट सञ्चालित विद्यालय २०३६ मा जिल्लाकै उत्कृष्ट घोषित भएपछि ज्ञानमन्दिर नमुना नामाकरण गरिएको थियो ।


मेलचौर–चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित ज्ञान मन्दिर नमुना माविले स्थापनाको ४७ औँ वार्षिकोत्सव भव्य रुपले मनाएको छ ।

विद्यालय स्थापनाको वर्षगाँठलाई पर्वकै रुपमा मनाउने क्रममा विद्यालयले सातादेखि विद्यार्थी केन्द्रीत विभिन्न शैक्षिक गतिविधि सञ्चालन गरेको थियो । वार्षिकोत्सव मूल समारोहको शुक्रबार बागमती प्रदेश सांसद तथा पूर्वमन्त्री युवराज दुलाल (शरद) ले उद्घाटन गरे ।

विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेर मूल समारोहलाई भव्य बनाए । उनीहरुले शैक्षिक प्रर्दशनीसमेत गरेका थिए । सो अवसरमा विद्यालयले उत्कृष्ट वर्ष शिक्षकको रुपमा शिक्षिका चम्पा तामाङलाई सम्मान ग¥यो ।

लामो समय विद्यालयको नेतृत्व गरेका निवर्तमान प्रधानाध्यापक तुलसीप्रसाद दंगाललाई विद्यालयले विशेष सम्मान प्रदान ग¥यो । यसै विद्यालयमा अध्ययन गरेर मुलुकको स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पु¥याउने चिकित्सकद्धय डा. राजकुमार दंगाल र डा. विनोद दंगाल तथा पूर्वविद्यार्थी आनन्द तामाङलाई विद्यालयले सम्मान गरेको थियो ।

त्यस्तै विद्यालय स्थापना र तह वृद्धिको लागि विभिन्न समयमा विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराउने शैक्षिक अभियन्ता र अभिभावक सम्मानित भए ।

डा. पुण्यप्रसाद दंगाल, हिमालयप्रसाद दंगाल, नगेन्द्रप्रसाद दंगाल, यज्ञप्रसाद दंगाल, जगतप्रसाद दंगाल, नेत्रप्रसाद दंगाल, यमनाथ दंगाल, जीवनाथ दंगाल, मोहनप्रसाद दंगाल, ध्रुवलाल श्रेष्ठ, विष्णु आचार्य, चेतप्रसाद गजुरेल, हरिबहादुर दंगाल, दलबहादुर दंगाल, बच्चुराम दंगाल, नारायण गिरी, यज्ञ दंगाल, टीकादत्त दंगाल, स्व. नेत्रप्रसाद घोरासैनी, तिलकबहादुर दंगाल, नेत्रप्रसाद दुलाल, केशवलाल श्रेष्ठ, स्व. गुञ्जबहादुर दंगाल, टाेपनाथ घाेरासैनी लगायतलाई उनीहरुको योगदानको कदर गर्दै विद्यालयले सम्मानित गरेको हो ।


२०४६ मा निमावि तथा २०५० मा मावि तहको पठनपाठन हुन थालेको विद्यालयले २०६४ बाट कक्षा ११ र १२ सञ्चालन गर्दै आएको छ । हाल विद्यालयमा ३ सय ४९ विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक पुष्यप्रसाद गजुरेलले जानकारी दिए । ‘कक्षा ८ सम्म पूर्णरुपमा अंग्रेजी तथा ९ र १० मा अंग्रेजी, नेपाली दुबै माध्ययममा पठनपाठन गराउँदै आएका छौँ,’ उनले भने ।


विद्यालयले सो अवसरमा तहगत उत्कृष्ट विद्यार्थी तथा विभिन्न प्रतियोगिताका विजयी छात्रछात्रालाई पुरस्कृत गरेको थियो । समारोहमा अभिभावकको उत्साहपूर्ण सहभागिता रहेको थियो । विद्यालयले वार्षिकोत्सवसँगै २७ औँ अभिभावक भेलासमेत सँगै मनाएको थियो । सा‌ंसद दुलालले विद्यालयकाे नियमित प्रकाशन ज्ञान वाटिकाकाे विमाेचन गरे ।

शिक्षाप्रति अनुदार पञ्चायत शासन चरम बन्दै गइरहेका बेला स्थानीयको अगुवाइमा २०३२ मा विद्यालय स्थापना भएको थियो । ज्ञानमन्दिर प्राविबाट सञ्चालित विद्यालय २०३६ मा जिल्लाकै उत्कृष्ट घोषित भएपछि ज्ञानमन्दिर नमुना नामाकरण गरिएको थियो ।

२०४६ मा निमावि तथा २०५० मा मावि तहको पठनपाठन हुन थालेको विद्यालयले २०६४ बाट कक्षा ११ र १२ सञ्चालन गर्दै आएको छ । हाल विद्यालयमा ३ सय ४९ विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक पुष्यप्रसाद गजुरेलले जानकारी दिए । ‘कक्षा ८ सम्म पूर्णरुपमा अंग्रेजी तथा ९ र १० मा अंग्रेजी, नेपाली दुबै माध्ययममा पठनपाठन गराउँदै आएका छौँ,’ उनले भने ।

सो अवसरमा मेलचौर युवा जागरण समाजले नवनिर्वाचित प्रदेश सांसद युवराज दुलाल (शरद) तथा विद्यालयका पूर्वप्रअ तुलसीप्रसाद दंगाल र प्रअ पुण्यप्रसाद दंगाललाई सम्मानित गरेको थियो । त्यस्तै पूर्वविद्यार्थी समाजले समेत विभिन्न कार्यक्रम आयोजना गर्दै विद्यालयको वार्षिकोत्सवलाई भव्य बनायो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण दंगालको अध्यक्षता र शिक्षक यज्ञ दंगालको सञ्चालनमा सम्पन्न भएकाे मूल समारोहमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सीता थापा, शिक्षा समन्वय प्रमुख कृष्णप्रसाद सुवेदी, वडाध्यक्ष डम्बरबहादुर तामाङ लगायत विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो ।


क्याटेगोरी : फोटो फिचर, स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!