बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाजजनविकास माविले मनायो ४७ औँ वार्षिकाेत्सव

जनविकास माविले मनायो ४७ औँ वार्षिकाेत्सव


साँगाचोक–चौतारा साँगचोकगढी नगरपालिका–११ साँगाचोक पाथीभरामा रहेको जनविकास माविले शुक्रबार ४७ औँ वार्षिकाेत्सव तथा अभिभावक दिवस मनाएको छ ।

नेकपा (माओवादी केन्द्र) का पोलिट्ब्युरो सदस्य तथा बागमती प्रदेशका सांसद युवराज दुलालले बार्षिकोत्सव समारोहको उद्घाटन गरे । स्थापना दिवस मनाउने क्रममा विद्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो ।

विविध साँस्कृतिक कार्यक्रमसहित भएको कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक शंकरप्रसाद पराजुली र गोविन्दप्रसाद पराजुलीलाई दीर्घसेवा तथा शिक्षकद्वय विरेन्द्रराज गिरी र जमुना अधिकारीलाई बर्ष उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरियो ।

विद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गरेको कार्यक्रममा विद्यालयले आयोजना गरेको विभिन्न प्रतियोगिता र कक्षागत रुपमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । सोही अवसरमा विद्यालयको मुखपत्र पाथीभरा–३ सार्वजनिक गरियाे । सांसद दुलालले मुखपत्रको विमोचन गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक पराजुलीको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सवमा चौतारा साँगचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापा, राष्ट्रिय भूमि आयोग सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष झम्कप्रसाद पराजुली, नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष गोविन्द पराजुली लगायत जनप्रतिनिधि एवं विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

 


क्याटेगोरी : समाज, स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!